+
+
Shares

निर्वाचन प्रक्रिया चलेपछि बालेनको शुभकामना– सबै सफल हुनुस्, देशलाई सफल बनाउनुस् 

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १० गते ०:०६

९ असार, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले पार्टीका नेता तथा कार्यकर्तालाई शुभकामना व्यक्त गरेका छन् ।

रास्वपाको पहिलो महाधिवेशन चलिरहँदा उनले सामाजिक सञ्जालमार्फत सबैलाई सफल हुन शुभकामना व्यक्त गरेका हुन् । रास्वपा महाधिवेशन अन्तर्गत मंगलबार साँझबाट निर्वाचन प्रक्रिया सुरु भएको छ ।

पार्टीका वरिष्ठ नेता समेत रहेका बालेन आफू पनि महाधिवेशन सुरु भएको दिनदेखि नै चितवनमा छन् । उनी मंगलबार अबेर बन्द सत्र स्थल पनि पुगेका थिए ।

निर्वाचन प्रक्रिया अन्तर्गत धमाधम उम्मेदवारी दर्ता भइरहँदा उनले सबैलाई शुभकामनाम भनेका हुन् । ‘शुभकामना हाम्रो पार्टीलाई । सबै जना सफल हुनुस् । देशलाई सफल बनाउनुस्,’ उनले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?