+
+
Shares

एमालेलाई बालेनको जवाफ– हाम्रो गाडी एक्सप्रेस हो, गन्तव्य नपुगी ब्रेक लाग्दैन

सोही सत्रमा एमालेका नेता प्रदीप ज्ञवालीले सरकारको गाडीमा एक्सिलेटर मात्रै नहुने र बेला बेलामा ब्रेक पनि लाग्नुपर्ने बताएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते १७:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहले आफू नेतृत्वको सरकारको गाडी एक्सप्रेस वेमा हिँडेकाले गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्ने बताउनुभएको छ ।
  • नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सरकारको गाडीमा एक्सिलेटर मात्रै नभई बेलाबेलामा ब्रेक पनि लाग्नुपर्ने टिप्पणी गर्नुभएको थियो ।
  • प्रधानमन्त्री शाहले आफ्नो नेतृत्वको सरकारको गाडी अनियन्त्रित नभएको र वातावरण भी मिलेर गएको दाबी गर्नुभयो ।

७ असार, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफू नेतृत्वको सरकारको गाडी गन्तव्यमा मात्रै पुगेर ब्रेक लाग्ने बताएका छन् ।

रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले आफूले हांकिरहेको सरकारको गाडीबारे चिन्ता नलिन आग्रह गरे ।

सोही सत्रमा एमालेका नेता प्रदीप ज्ञवालीले सरकारको गाडीमा एक्सिलेटर मात्रै नहुने र बेला बेलामा ब्रेक पनि लाग्नुपर्ने बताएका थिए ।

‘सरकार भनेको त गाडीजस्तै हो, गाडीमा एक्सिलेटर मात्रै होइन ब्रेक पनि हुन्छ, ब्रेक पनि लगाउनुपर्छ भनेर चिन्ता पनि मान्नुभएको भेटियो,’ सो विषयमा जवाफ दिँदै प्रधानमन्त्री बालेनले भने, ‘त्यस्तो चिन्ता चाहिँ लोकल रोडमा सिधा गइरहँदा कहिले लेफ्ट, कहिले राइटबाट मान्छे आउँछ । हाम्रो गाडी लोकल रोडमा हिंडेको होइन । हाम्रो गाडी एक्सप्रेस वेमा हिंडेको गाडी हो । गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ ।’

गन्तव्यमा पुग्नुअघि ब्रेक लाग्नु जरुरी नभएको उनले बताए । उनले आफू नेतृत्वको सरकारको गाडी अनियन्त्रित पनि नभएको जिकिर गरे ।

‘हाम्रो गाडी अनियन्त्रित पनि छैन । वातावरण पनि मिलेर गएको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?