+
+
Shares

एमालेमा नेतृत्व बदल्न पुनर्जागरण अभियान

एमालेमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले नै यो अभियानको नेतृत्व गरिरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते २१:००

४ असार, काठमाडौं । नेकपा एमालेमा नेतृत्व परिवर्तन पक्षधरले विशेष अपिल अभियान चलाएको छ । कम्युनिस्ट आन्दोलन नै संकटमा परेकाले यो अभियानप्रति गम्भीर बनिदिन आग्रह गर्दै अपिल सार्वजनिक गरिएको छ ।

निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन कार्यदलले सुझाव संकलन अभियान चलाइरहेका बेला चलाइएको यो अभियानले परिवर्तनको पक्षमा उभिन विशेष आग्रह गरेको छ ।

‘यदि हामी यही वैचारिक विचलन, सांगठनिक गतिहीनता, कार्यशैलीमा अव्यवहारिकता र युवा पुस्ताको आक्रोश बोकेर निर्वाचनमा गयौं भने पार्टीले बेहोर्ने क्षति अपुरणीय हुनेछ,’ अपिलमा भनिएको छ, ‘तसर्थ, परिवर्तित समयको पदचापलाई छिटो भन्दा छिटो पार्टी रूपान्तरणसहित पुनर्संरचना महाअभियानमा होमिनुबाहेक हामीसँग अर्को विकल्प छैन ।’

अहिलेकै नेतृत्व लिएर स्थानीय र प्रदेश सभा निर्वाचनमा एमालेले जित्न नसक्ने निष्कर्ष यो अपिलमा उल्लेख छ । पुनगर्ठन अपिलको यो पत्रमा नेतृत्व रूपान्तरणसहित दुई कार्यकालको व्यवस्था, स्नातक नगरेकाले नीति निर्माण तहमा जान नपाउनेजस्ता प्रावधान राखिनुपर्ने माग समेत गरेको छ ।

एमालेमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले नै यो अभियानको नेतृत्व गरिरहेका छन् । अरु अधिकांश पदाधिकारीले पौडेल र पोखरेललाई साथ दिएका छन् ।

उनीहरुकै संरक्षणमा एमाले पुनगर्ठन अभियान तीव्र पारिएको छ ।

‘संसारमा कम्युनिस्टहरू एकपटक ढलेपछि फेरि उठ्न सकेको इतिहास छैन,’ यो अभियानमा सक्रिय नेता गजेन्द्र थपलिया भन्छन्, ‘हामीले पनि एमाले पुनर्गठन नहुने हो भने आन्दोलनको मलामी जान तयार हुनुपर्छ भन्ने बुझ्नुपर्छ ।’

यस्ताे छ अपिल :

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?