+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

गुल्मीका कोरोना संक्रमितको अवस्था गम्भीर, भेन्टिलेटरमा राखेर उपचार हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ५ गते १८:२२

५ जेठ, बुटवल । गुल्मीका कोरोना भाइरस (कोभिड-१९) का संक्रमित रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको भेन्टिलेटरमा उपचाररत विरामी भएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गुल्मीका ४१ वर्षीय पुरुषमा कारोना संक्रमण पुष्टि भएको बताएको थियो । उनी मदेने गाउँपालिका- ६ पुर्कोट दहका हुन् ।

जेठ १ गते क्रिमसन अस्पताल भर्ना भएका उनलाई दुई दिन आईसीयूमा राखिएको थियो । तर स्वास्थ्यमा सुधार नभएपछि (कृत्रिम श्वासप्रस्वास) भेल्टिलेटरमा राखिएको छ । उनको अवस्था गम्भीर छ ।

एक चिकित्सकका अनुसार उनलाई एक्युट इन्सेफ्लाइटिस सिन्ड्रोम, निमोनिया र मुटुको समस्या देखिएको छ ।

अर्घाखाँची हुँदै बुटवल ल्याइएको थियो 

स्थानीय निमावी स्कुलमा शिक्षक समेत रहेका उनलाई एक हप्ताअघि ज्वरो आएको थियो । पुर्कोटदहस्थित मदाने मेडिकलमा चेकजाँच गराउँदा स्वास्थ्यकर्मी विष्णु भुसालले टाइफाइडको औषधि दिए । औषधि खाएपछि उनलाई सन्चो पनि भयो ।

तर १ गते वान्ता भएपछि फेरि क्लिनिकमा पुगे । म्यालपोखरी स्वास्थ्य चौकी मदानेका स्वास्थ्यकर्मी समेत रहेका भुसालले जण्डिस भएको बताए । लगतै स्थानीय व्यवसायी भोजराज भट्टराईले मोटरसाइकलमा राखेर अर्घाखाँचीको सन्धिखर्कस्थित छायाँ पोलिक्लिनिकमा पुर्‍याए ।

त्यहाँका स्वास्थ्यकर्मीले विरामीको अवस्था जटिल रहेको भन्दै मणिग्रामको क्रिमसन अस्पताल रिफर गरे । र, बुटवलबाट गएको एम्बुलेन्समा राखेर अस्पताल ल्याइएको थियो ।

सन्धिखर्कबाट विरामी शिक्षकसँगै उनका साला मात्र मणिग्राम आएका थिए । दुई दिनसम्म आईसीयूमा राख्दा पनि भिनाजुको स्वास्थ्य अवस्थामा सुधार नभएपछि अस्पतालको जोडबलमा भेन्टिलेटरमा सारिएको विरामीका सालाले बताए ।

उपचारकै क्रममा जेठ २ गते थ्रोट स्वाब संकलन गरेर प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भैरहवा पठाइएको थियो । र, सोमबार आएको रिपोर्टमा  उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

आफन्त तथा स्थानीयले भने लकडाउनका कारण विद्यालय बन्द भएकाले गाउँमै बसिरहेका उनलाई कसरी कोरोना संक्रमण भयो भनेर अनौठो मानेका छन् । ‘आफ्नो टोलबाट बाहिर जानुभएको थिएन, भारततिरबाट आएकासँग भेटघाट-सम्पर्क भएको पनि थाहा छैन’ संक्रमितका सालाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?