Comments Add Comment

अस्ट्रेलियाको जौमा ८० प्रतिशत अतिरिक्त कर लगाउने चीनको निर्णय

६ जेठ, काठमाडौं । चीनले मंगलबारदेखि अस्ट्रेलियाबाट आउने जौमा ८० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने निर्णय गरेको छ । चीनले आगामी पाँच वर्षका लागि यो अतिरिक्त शुल्क लगाउने निर्णय गरेको हो ।

यसअघि पनि चीन र अस्ट्रेलियाको विषयमा यस किसिमको व्यापारिक विवाद रहँदै आएको थियो । तर, चीनले अहिले कोरोना भाइरस महामारीबीचमा यस्तो निर्णय गरेको हो । यस विषयमा अस्ट्रेलियाले विश्व व्यापार संगठन (डब्यूटीओ)मा अपिल गर्न सक्ने अपेक्षा गरिएको छ ।

अस्ट्रेलियाली पर्यवेक्षकका अनुसार, चीनको यो कदम दुई मुलुकको व्यापारको मात्र नभई राजनीतिक विवाद पनि एक मुख्य कारण हो । अस्ट्रेलियाले कोरोना भाइरस (कोभिड–१९) को उत्पत्तिको विषयमा अनुसन्धान हुनुपर्ने माथ गरेसँगै यी दुई मुलुकको बीचमा तनाव सृर्जना भएको छ । त्यसैको प्रतिशोधका रूपमा यो कदम लिएको बताइएको छ ।

यद्यपि, चीनले भने यो व्यापारिक निर्णयमा कोरोना भाइरस महामारीबारे अस्ट्रेलियाले गरेको मागको कुनै सम्बन्ध नरहेको स्पष्टीकरण दिइसकेको छ । सगत साता चीनले अस्ट्रेलियाका ठूला चार बिफ निर्यातकर्तालाई रोक लगाउने निर्णय गरेको थियो । गत महिना चीनका राजदूतले अस्ट्रेलियाले कोरोना भाइरसको अनुसन्धानको माग जारी राखेको खण्डमा चीनले उसको उत्पादन बहिष्कार गर्न सक्ने बताएका छन् ।

अस्ट्रेलियाले भने यसलाई चीनको आर्थिक जबर्जस्तीको संज्ञा दिँदै कोरोना भाइरसको विषयमा आफ्नो माग कायम रहेको बताउँदै आएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment