+
+
Shares

देश बनाउने उमेरमा विदेश, बुढेसकालमा फेरि नेपालमै फर्किने अवस्थाको अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १५ गते १६:५२

१५ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले नेपालमा उत्पादित दक्ष जनशक्ति विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्न तत्काल नीतिगत सुधार आवश्यक रहेको बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा बोल्दै उनले युवा पुस्तालाई स्वदेशमै भविष्य देखाउन ठोस कार्ययोजना र कानूनी सुनिश्चितताको माग गरेका हुन् ।

सांसद न्यौपानेले नेपालको शिक्षा प्रणाली र युवाको श्रम बजारबीचको खाडललाई राष्ट्रिय समस्याका रूपमा प्रश्तुत गरे । राज्यले युवालाई आफ्नै भूमिमा अवसर दिन नसक्दाको परिणामस्वरुप मुलुकले दक्ष जनशक्ति गुमाइरहेको उनको दाबी छ । विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप, पूँजी र अनुभवलाई राष्ट्र निर्माणमा जोड्न सके मात्र मुलुकको विकास सम्भव हुने उनको भनाइ छ ।

‘नेपालले बच्चा हुर्काउँछ, पढाउँछ र योग्य बनाउँछ, तर युवा अवस्थामा पुग्दा श्रम, सीप र सपना बोकेका युवाहरू विदेशिन बाध्य छन्,’ उनले भने, ‘शिक्षादीक्षा नेपालमा, देश बनाउने उमेरमा विदेशमा, अनि बुढेसकाल फेरि नेपालमै फर्किने अवस्थाको अन्त्य गर्नुपर्छ ।’

उनले गैरआवासीय नेपाली (एनआरएन) हरूको भावना समेट्दै महत्त्वपूर्ण नीतिगत सुधारका लागि सरकारको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?