+
+
Shares

स्वर्णिमलाई रास्वपामा जोड्ने श्रीरामले भने- अर्थनीति कागजी सूत्र होइन

अर्थमन्त्री वाग्लेप्रति प्रश्न गर्दै श्रीरामले लेखेका छन्- ‘अर्थनीति कागजी सूत्र होइन, जनजीवन, संविधानको मर्म र देशको वास्तविकतामा अडिएको हुनुपर्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २४ गते १३:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाका नेता श्रीराम न्यौपानेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अर्थनीति कागजी सूत्र नभएर जनजीवन र संविधानको मर्ममा आधारित हुनुपर्ने बताएका छन् ।
  • शिक्षा र स्वास्थ्य क्षेत्रमा ३ प्रतिशत कर छुट दिने निर्णय जनदबाबका कारण भएको भन्दै न्यौपानेले अर्थमन्त्रीको कार्यक्षमतामाथि प्रश्न उठाएका छन् ।
  • तनहुँका दुई निर्वाचन क्षेत्रबाट निर्वाचित स्वर्णिम वाग्ले र श्रीराम न्यौपानेबीच पछिल्लो समय सम्बन्धमा दरार आएको चर्चा चलेको छ ।

२४ साउन, काठमाडौं । डा. स्वर्णिम वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा भित्र्याउन भूमिका खेलेका श्रीराम न्यौपानेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अर्थनीति सूत्रबारे टिप्पणी गर्दै अर्थनीति कागजी सूत्र नभएको बताएका छन् ।

२०८० वैशाखमा भएको उपनिर्वाचन अघि स्वर्णिमलाई रास्वपामा प्रवेश गराउन श्रीरामले भूमिका खेलेका थिए । उपनिर्वाचन अघि उनै श्रीरामले अर्थमन्त्री वाग्लेलाई तनहुँ–१ को क्षेत्र घुमाएका थिए । क्षेत्रको अवस्था बुझिसकेपछि स्वर्णिम कांग्रेस परित्याग गर्ने निर्णयमा पुगेका थिए ।

यसपटक स्वर्णिम सोही स्थानबाट दोहिरिँदा तनहुँ–२ बाट श्रीरामले निर्वाचन जिते । एउटै जिल्लाका दुईटा क्षेत्रबाट निर्वाचित स्वर्णिम र श्रीरामको सम्बन्ध विग्रिएको दुवैलाई परिचितहरुले जानकारी गराएका छन् ।

सम्बन्धमा दरार आएपछि स्वर्णिमको कार्यक्षमता माथि श्रीरामले प्रश्न उठाएका छन् ।

‘संविधानको भावना र नेपाली यथार्थ विपरीत गरिएको प्रयोगपछि जनदबाबका कारण शिक्षा र स्वास्थ्य क्षेत्रमा ३ प्रतिशत समता कर छुट दिने निर्णय भयो,’ श्रीरामले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसले देखाउँछ– अर्थनीति कागजी सूत्र होइन, जनजीवन, संविधानको मर्म र देशको वास्तविकतामा अडिएको हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?