
६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उभिएर सम्बोधन गर्न गाह्रो भएको छ ।
सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरूको जवाफ दिइरहेका उनले आफूलाई उभिएर बोल्न गाह्रो भएको बताए । साथै, बसेर बोल्न सकिन्छ भने व्यवस्था गरिदिन आग्रह गरे ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीलाई आफ्नो सिटमै गएर सम्बोधन गर्न आग्रह गरे।
तर, प्रधानमन्त्रीले अगाडि बसेर बोल्दा सबैतिर देखिने भएकाले रोस्ट्रमबाटै सम्बोधन गर्ने चाहना गरे ।
त्यसपछि उनलाई रोस्ट्रममा नै कुर्सीमा बसेर बोल्ने व्यवस्था गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4