
१९ जेठ, काठमाडौं । लकडाउनको मौका छोपेर भइरहेको चोरी नियन्त्रणका लागि महानगरीय अपराध अनुसन्धान महाशाखाले विशेष अभियान चलाएको छ । जसअन्तरगत रातको समयमा सुन पसल चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कास्कीका मिलन तामाङ, नुवाकोटका प्रेम तामाङ र भारतीय नागरिक ऋषिमुनि कुमार छन् ।
मिलनले चोरी गरेर प्रेम र ऋषिमुनिलाई सामान विक्री गरेको महाशाखाका एसएसपी दिपक थापा बताउँछन् ।
मिलनले काठमाडौं, सरकारीधारास्थित नोर सुन चाँदी पसलको मुल ढोका फोडेर सुन, चाँदीका गहरा चोरी गरेको थापाको भनाइ छ ।
‘अन्दाजी दुई लाख २३ हजार ८ सय २० रुपैयाँ बराबरको धनमाल चोरी गर्ने कार्यमा उनी संलग्न छन्’, थापाले भने, ‘उनलाई थप कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, लैनचौर पठाएका छौं ।’
प्रहरीले उनीहरुको साथबाट गरगहना समेत बरामद गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4