Comments Add Comment

लकडाउनमा हेल्थ क्लबहरु पनि खोल्न दिन माग

२२ जेठ, काठमाडौं । नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले व्यायामशाला र हेल्थ क्लबहरु सञ्चालन गर्न दिन माग गरेको छ ।

बिहीबार संघले एक विज्ञप्ति जारी गरी कोरोना महामारीको समयमा स्वास्थ्य झन् महत्वपूर्ण विषय भएकाले सरकारले जारी गरेको स्वास्थ्य निर्देशिकाको पालना गर्दै व्यवसाय खोल्ने वातावरण बनाइदिन माग गरेको छ ।

यो ब्यवसाय पनि साना तथा मझौला व्यवसाय अन्तर्गत पर्ने भन्दै संघले सरकारले बजेटमा यस्ता व्यवसायलाई दिने व्याज अनुदान राहत कार्यक्रम दिन माग गरेको छ ।  लकडाउन गरेको ७३ दिन भइसक्दा संघसंग सम्बन्धित व्यायमशालाको अवस्था कठिन हुँदै गरेको संघले जनाएको छ ।

‘…अन्य ब्यवसायी जस्तै व्यायामशाला, हेल्थ क्लबलगायतका यससँग सम्बन्धित ब्यवसाय पनि धरासायी हुने अवस्था आइसकेको छ’ विज्ञप्तिमा भनिएको छ  ‘विशुद्ध यसै ब्यवसायलाई अंगालेर आफ्नो परिवार पाल्नुपर्नेहरुको जमात एकातिर ठूलै रहेको छ भने त्यसमा कार्यरत प्रशिक्षक, कर्मचारीहरुको अवस्था नाजुक बन्दै गएको अवस्थाले यस संघको गम्भीर ध्यानाकर्षण भएको छ ।’

संघले यस व्यवसायको संरक्षणका लागि लकडाउन अवधिको घरभाडा छुट गरिदिन पनि माग गरेको छ ।

शारीरिक सुगठन पनि एउटा खेलको रुपमा रहेको छ । पछिल्लो पटक नेपालका महेश्वर महर्जनले विश्व च्याम्पियनसिपमै स्वर्ण पदक जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment