Comments Add Comment

प्रारम्भ र आनी छोइङले दिए हुम्लाको खार्पुनाथलाई स्वास्थ्य सामाग्री

३० जेठ, काठमाडौं । प्रारम्भ सामाजिक संस्था र आनी छोइङ डोल्मा फाउण्डेशनले हुम्लाको खार्पुनाथ गाँउपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।

गाउँपालिका लागि यि संस्थाहरुले २० थान पीपीइ, गमबुट, फेसशिल्ड, केएन ९५ मास्क, सानीटाइजर तथा २४ थान फस्र्ट एड किट्स बक्स वितरण गरेका हुन् ।

वरिष्ठ कलाकार हरिवंश आचार्य, गायीका आनी छोइङ डोल्मा, सिंगापुर रेडक्रसकी नेपाल प्रतिनीधि कल्पना क्षेत्री, प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रीराज तिमल्सिना, रोटरी अभियन्ता विष्णुहरी दाहाल लगायतले उक्त सामाग्री हस्तान्तरण गरेका हुन ।

व्यवसायी जनकराज भारती तथा देवेन्द्र शाही ठकुरीको समन्वयमा हुम्लाका प्रतिनिधि सभा सदस्य छक्कबहादुर लामामार्फत स्वास्थ्य सामाग्री खार्पुनाथ गाँउपालिका पठाइएको हो ।

सामाग्री हस्तान्तरण गर्दै उक्त सहयोगी संस्थाले मातृकाप्रसाद कोइराला स्मृती प्रतिष्ठान मार्फत कोशी अञ्चल अस्पताल तथा विराटनगरस्थित काली मन्दिर र अतिथि सदनमा रहेका क्वारेन्टिनका लागिसमेत २० थान पीपीई, गमबुट, फेसशिल्ड, केएन ९५ मास्क, स्यानिटाइजर तथा १० थान फस्र्ट एड किट्स बक्स उपलब्ध गराएको प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रीराज तिमल्सिनाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment