Comments Add Comment

आन्दोलन गर्ने तयारीमा चलचित्र संघ

चलचित्र हलहरुको साझा संस्था चलचित्र संघले सरकारले मागको सम्बोधन नगरेको खण्डमा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

चलचित्र संघका पदाधिकारीहरुको जुम बैठकपछि चलचित्र विकास बोर्डलाई माग पत्र वुझाइएको हो । चलचित्र विकास बोर्ड मार्फत संघले सरकारलाई वुझाएको मागको सम्बोधन नभएको खण्डमा आन्दोलनमा जाने चेतावनी पनि संघले दिएको छ ।

चलचित्र संघले लक डाउनका कारण हलहरुको अवस्था दयनिय बन्दा पनि सरकारले आर्थिक बर्षको बजेटमा कुनै सम्बोधन नगरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको हो ।

चलचित्र विकास बोर्डमा संघले वुझाएको माग पत्रमा हलहरुलाई कर छुटदेखि सिंगो चलचित्र क्षेत्रको समस्याको बारेमा अवगत गराइएको छ ।
चलचित्र संघको पदाधिकारीहरुको आज बस्ने बैठकले आन्दोलनको स्वरुप पनि तय गर्ने वुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment