+
+

जिप दुर्घटनामा प्रतापपुर गाउँपालिकाका अध्यक्षको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३२ गते १३:०३

३२ जेठ, काठमाडौं । जिप दुर्घटनामा परी पश्चिचम नवलपरासीको  प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको मृत्यु भएको छ ।

नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकका अनुसार गाउँपालिका कार्यालयबाट जिल्ला विपद् व्यस्थापन समितिको परासीमा राखिएको बैठकमा सहभागी हुन जाने क्रमममा जिप दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।

लु १ झ ३७० नम्बरको जिप बर्दघाटको लक्ष्मीनगर पुलदेखि तल खोलामा खसेर दुर्घटना भएको उनले बताए । दुर्घटनामा घाइते भएका शर्मालाई उपचारका लागि चिसापानी अस्पतालमा लगिए पनि अस्पतालले उनको मृत्यु भएको घोषणा गरेको प्रजिअ पाठकले बताए ।

शर्मासँगै कारमा सवार प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का हरिलाल राजभर घाइते भएका छन् । उनी खतरामुक्त रहेको प्रजिअ पाठकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?