+
+
Shares

विरोध प्रदर्शनको ‘टाइमिङ’ माथि मनिषाको टि्वट

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३१ गते १४:०१

अभिनेत्री मनिषा कोइरालाले सरकारविरुद्ध युवाहरुले गरिरहेको प्रदर्शनको ‘टाइमिङ’ माथि प्रश्न उठाएकी छन् । कम्तिमा आजको दिन सरकारलाई सडकबाट दवाव दिनु उचित नभएको आशय उनको छ ।

नेपालको संसदले आज देशको नयाँ नक्शालाई आधिकारिकता दिने गरी संविधान संसोधन गर्दैछ । त्यसैले आजको दिनमा सरकारविरोधि प्रदर्शन नगर्न सामाजिक सञ्जालमा धेरैले आग्रह गरेका थिए । तर, प्रदर्शन रोकिएन । यसलाई लिएर नै मनिषाले असन्तुष्टी व्यक्त गरेकी हुन् ।

टि्वटरमा मनिषाले लेखेकी छन्, ”(प्रदर्शनको) टाइमिङ निश्चितरुपमा प्रश्न उठाउन योग्य छ । मैले सँधै महसुस गरेकी छु कि सरकार पारदर्शी हुनुपर्छ । तर, यसले अहिले यति ठूलो कदम चाल्न लागिरहेको छ । प्रदर्शनमा किन यसलाई समर्थन थोरै मात्रै मिलिरहेको छ ? आजकै दिन कि उनीहरु सरकारमाथि दवाव दिइरहेका छन् ?’

केही दिनअघि मन्त्रीपरिषदले नेपालको नयाँ नक्शा पारित गर्दा पनि मनिषाले त्यसको समर्थनमा टि्वट गरेकी थिइन् । उक्त टि्वटलाई लिएर भारतीय मिडियाहरु मनिषामाथि खनिएका थिए । भारतीयहरुले सामाजिक सञ्जालमा उनीमाथि तथानाम गाली गरेका थिए ।

एक साताअघि मनिषा परिवारसहित भारतबाट नेपाल फर्केकी छन् । उनी एउटा होटलमा क्वारेन्टाइन बसिरहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?