+
+
Shares

जान्हवी भन्छिन्– सहमतिबिना महिलाको तस्वीर बिगार्नु यौन शोषणसरह

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते १५:५२

ब्लकबस्टर दक्षिण भारतीय फिल्म देवरा: पार्ट १ को सुपरहिट गीत चुट्टामल्लेमा अभिनेत्री जान्हवी कपूरको दृश्यलाई एआईको दुरुपयोग गरी अश्लील भिडियो बनाइएपछि सामाजिक सञ्जालमा ठूलो आक्रोश पैदा भएको छ ।

तस्वीर र भिडियो मर्ज गरी भाइरल गराइएपछि अभिनेत्री कपूरले सामाजिक सञ्जालमार्फत गम्भीर आपत्ति जनाएकी छन् । इन्स्टाग्राम स्टोरीमा वक्तव्य जारी गर्दै उनले प्रविधिको आपराधिक दुरुपयोगप्रति आक्रोश पोखेकी हुन् ।

अनुमतिबिना कुनै पनि महिलाको शरीर वा तस्वीरसँग खेलबाड गर्नु यौन शोषणसरह भएको उनको भनाइ छ ।

मनोरञ्जन क्षेत्रका अधिकांश अभिनेत्रीहरूले कुनै न कुनै समय यस्तो उत्पीडन खेप्नुपरेको उल्लेख गर्दै उनले पछिल्लो समय सर्वसाधारण महिलाहरू समेत यसको शिकार बनिरहेको बताइन् ।

वक्तव्यमा उनले कन्सेन्टको स्पष्ट व्याख्या समेत गरेकी छिन् ।

‘कुनै महिलाको शरीर, उसको रोजाइ र सम्मानको कदर गर्नु मानवताको आधारभूत नियम हो’ उनले लेखेकी छिन्, ‘यदि कुनै महिलाले लगातार ५ दिन कुनै कुरामा सहमति जनाउँछिन् र छैटौं दिन अस्वीकार गर्छिन् भने त्यो अस्वीकारको पनि उत्तिकै सम्मान गरिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?