Comments Add Comment

सलिमको प्रेममा माहिरा

बलिउड चलचित्र ‘रइस’मा नायक साहरुख खानसँग काम गरेकी नायिका माहिरा खानले आफ्नो प्रेम जीवनको बारेमा खुलासा गरेकी छिन् ।

पाकिस्तानी मिडियासँग कुरा गर्दै उनले प्रेमी सलिम करिमसँग प्रेममा रहेको बताएकी हुन् । माहिराले २३ बर्षको उमेरमा बिहे गरेकी थिइन् । तर, सन् २०१५ मा उनको बैबाहिक जीवनमा ब्रेक लागेको थियो । उनको ११ बर्षका छोरा पनि छन् ।

माहिराले सलिमको बारेमा भनेकी छिन्–‘मलाई थाहा छैन कि मैले के गरेको छु, तर मलाई लाग्छ कि मैले केही गरेको छु जसकाकारण मैले सलिमलाई पाएकी छु । म मेरो छोरा र मेरो वरिपरीका मानिसका बारेमा पनि सोच्ने गर्दछु ।’

माहिरा पाकिस्तानी चलचित्र क्षेत्रमा चर्चित छिन् । उनले, बलिउडमा पाइला अगाडि बढाउँदै गर्दा भारत–पाकिस्तान विचको शितयुद्धका कारण काम विचमै छाड्नुपरेको थियो ।

माहिराले सलिमसँग बिहेको बिषयमा भने केही पनि बोलेकी छैनन् । तर, उनी प्रेमको यात्रामा रंगिन पाउँदा खुशी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment