+
+
Shares

इनरुवामा आगलागी हुँदा दुई घरमा क्षति 

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३२ गते १३:११

३२ जेठ, विराटनगर । सुनसरीको सदरमुकाम इनरुवामा आगलागी हुँदा दुईवटा घर र चारवटा पसलमा क्षति पुगेको छ । आइतबार बिहान हनुमान वस्त्रालयबाट सुरु भएको आगोले वस्त्रालय रहेकै घरमा रहेको पसल र सँगै रहेको हार्डवेर पसलमा क्षति पुगको हो ।

बिहान करिब ५ बजेबाट सुरु भएको आगो पाँचवटा दमकलको सहयोगले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए । उनका अनुसार आगलागीको कारण र क्षतिको विवरण खुलिसकेको छैन । ठूला पसल र घरमा आलागी भएका कारण क्षतिको विवरण आउन केही समय लाग्ने उनले बताए ।

वराहक्षेत्र, दुहवी, इटहरी, धरान, सुन्दरहरैचा, विराटगनरका दमकलसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीको सहयोगमा करिब ४ घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?