Comments Add Comment

संविधान संशोधन : अनुपस्थित हुने १६ सांसद कोको हुन् ?

३१ जेठ, काठमाडौं । प्रतिनिधिसभाले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेको नयाँ नक्सासहित संविधानको अनुसूची ३ संशोधन गरेको छ ।

शनिबार नेपालको संविधानको दोस्रो संशोधन प्रस्ताव सर्वसम्मतले निर्णय गरेको हो । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा भएको मतदानमा कुल सांसद संख्या २७५ मध्ये २५८ जनाले मात्रै सहभागी भएका छन् । सहभागी सबैले संशोधनको पक्षमा मत दिएका छन् र, दुई तिहाईभन्दा बढीले संशोधन पास भएको छ ।

तर संसद बैठकमा केही सांसद अनुपस्थित थिए ।

संसद सचिवालयका अनुसार चार सांसद रेसम चौधरी, मोहम्मद अफ्ताव आलम, विजयकुमार गच्छदार र हरिनारायण प्रसाद रौनियार निलम्बनमा छन् । उनीहरुले बैठकमा उपस्थित हुन र मतदान गर्न पाउँदैनन् ।

यस्तै सभामुखलाई पक्ष/विपक्षमा मतदान गर्ने अधिकार रहँदैन ।

समाजवादी पार्टीकी सांसद सरिता गिरी बैठकमा उपस्थित थिइन् । तर संशोधन प्रस्ताव सभामुखले अस्वीकृत गरेपछि उनी छाडेर निस्किएकी थिइन् ।

यसबाहेक मतदान गर्न पाउने ११ सांसद बैठकमा उपस्थित भएनन् र मतदान गरेनन् ।

बैठकमा नजाने र मतदान प्रक्रियामा सहभागी नहुने सांसदमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चार जना छन् ।  गोपालबहादुर बम, धनबहादुर बुढा, शिवकुमार मण्डल र हरिबोल गजुरेल अनुपस्थित भएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका तीन सांसद अनुपस्थित रहे । जनागेन्द्रकुमार चौधरी, सूर्यबहादुर केसी र ज्ञान कुमारी छन्त्याल मतदानमा अनुपस्थित रहे ।

यस्तै राष्ट्रिय जनता पार्टीका अमृतादेवी अग्रहरी, प्रमोद शाह र दुलारीदेवी खत्वेनी तथा समाजवादी पार्टीका सूर्यनारायण यादव उनुपस्थित रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment