Comments Add Comment

टिकटकमा करिश्मा

लक डाउनको समयमा फुर्सदिलो भएपछि केही कलाकार टिकटकमा जोडिए । नायिका वर्षा सिवाकोटीले कलाकारले टिकटक चलाउँदा सस्तो हुने भनाई सार्वजनिक गर्दै आएकी थिइन् । तर, उनै वर्षाले लक डाउनको समयमा टिकटक एकाउन्ट खोलिन् ।

अहिले उनी विभिन्न गीत र संवादमा भिडियो बनाइरहेकी छिन् । नेपाली चलचित्रका धेरै कलाकार यो लोकप्रिय सामाजिक संजालमा जोडिएका छन् । चलचित्रको प्रचारमा सजिलो हुने भएकाले पनि कलाकारहरुले टिकटकमा भिडियो बनाइरहेका छन् ।

अब, नेपाली चलचित्रकी सुन्दर नायिका करिश्मा मानन्धर पनि यो संजालमा जोडिएकी छिन् । उनले, शनिबारमात्र टिकटकमा एकाउन्ट बनाएकी छिन् ।

करिश्मालाई अहिलेसम्म ७७१ जनाले फलो गरेका छन् । उनले २ जनालाई मात्र फलो गरेकी छिन् ।

करिश्माले आफू अभिनित चलचित्र ‘उपकार’मा समावेश ‘लौन मायालुको देशमा’ बोलको गीतमा टिकटक भिडियो बनाएकी छिन् । जसलाई करिब ६५ हजारले हेरेका छन् । उनको यो भिडियोमा ३ हजार ४ सय २७ जनाले लाइक गरेका छन् ।

करिश्माले आगामी दिनमा कस्तो भिडियो टिकटकमा बनाउनेछिन्, यसका लागि त प्रतिक्षा गर्नैपर्छ । आशा गरौ, उनका लोकप्रिय चलचित्रका सुमधुर गीत तथा संवादमा दर्शकले उनको टिकटक भिडियो हेर्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment