+
+
WC Series
काठमान्डु गोर्खाज 2025
118/10 (16.5)
VS
Sudurpaschim won by 29 runs
Won सुदूरपश्चिम रोएल्स 2025
147/10 (20)
Shares

बन्द हुँदैछ फेसबुकको ‘टिकटक’ ?

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २१ गते ७:२८

सोसल मिडिया कम्पनी फेसबुकले टिकटकलाई टक्कर दिने भनिएको आफ्नो एउटा एप Lasso बन्द गर्दैछ ।

फेसबुकले सन् २०१८ मा उक्त एप ल्याएको थियो र विश्वका विभिन्न देशहरुमा उपलब्ध थियो । खासगरी अमेरिका, कोलम्ब्यिा, मेक्सिको, अर्जेन्टिना, चिली, पेरु, पनामा, कोस्टारिका तथा उरुग्वे लगायतका देशमा ल्यास्सो एप उपलब्ध थियो । तर आगामी जुलाई १० देखि सो एप बन्द हुने जानकारी फेसबुकले मेसेज मार्फत प्रयोगकर्ताहरुलाई गराएको छ ।

ल्यास्सो एप बन्द हुनु अगावै प्रयोगकर्ताहरुले त्यसमा रहेका आफ्ना डाटा तथा भिडियोहरु सुरक्षित राख्न सक्नेछन् ।

स्मरण रहोस् लोकप्रिय भिडियो मेकिङ तथा शेयरिङ एप टिकटकलाई टक्कर दिनका लागि फेसबुकले सो एप लञ्च गरेको थियो । टिकटकमा जस्तै यस एपमा पनि प्रयोगकर्ताहरुले १५ सेकेण्ड सम्मको भिडियो बनाउन सक्दछन् ।

टिकटकले चरम सफलता प्राप्त गरिरहँदा फेसबुकको उक्त एपले खासै चर्चा पाउने सकेको थिएन । साथै फेसबुकले यसलाई विश्वव्यापी बनाउन पनि सकेन । अन्ततः आफ्नो उक्त सर्भिसलाई बन्द गर्ने निर्णयमा फेसबुक पुगेको हो ।

ल्यास्सो एप बन्द भएसँगै अब फेसबुकले इन्स्टाग्राम रिलमार्फत टिकटकसँग टक्कर गर्नेछ । इन्स्टाग्राम रिल ब्राजिलमा लञ्च भैसकेको छ । ब्राजिलमा यसलाई Cenas नामबाट लञ्च गरिएको छ । ल्यास्सो एप बन्द भएपछि फेसबुकले इन्स्टाग्रामको उक्त एपलाई व्यापक रुपमा लञ्च गर्नसक्ने अनुमान गरिएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?