+
+
Shares

५ हजार घुससहित असई पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २३ गते १८:१९

२३ असार, काठमाडौं । सर्लाहीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) राम विश्वास राय यादव घुससहित पक्राउ परेका छन् ।

सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा प्रहरी चौकी गौरीशंकरमा कार्यरत असई यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले पक्राउ गरेको हो ।

नियन्त्रणमा लिएको भारतीय नम्बर प्लेटको मोटरसाइकल छाड्ने विषयमा यादवले सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा आयोगको टोलीले उनलाई ईश्वरपुर नगरपालिका–१० श्रीनगर महारानी बजारस्थित कार्यालय परिसरबाट रङ्गेहात नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

आयोगका प्रवक्ता कोइरालका अनुसार यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?