Comments Add Comment

इरानमा सबै समारोह र प्रवेश परीक्षामा रोक

२८ असार, काठमाडौं । इरानका राष्ट्रपति हसन रौहानीले शनिबार इरानमा भिड हुने सबै किसिमको समारोहमा रोक लगाउने घोषणा गरेका छन् । इरानमा पुनः कोरोना भाइरसका संक्रमित बढेसँगै इरानले यस्तो निर्णय गरेको हो । यद्यपि इरानको अर्थतन्त्र भने खुला रहने उनले बताएका छन् ।

राष्ट्रपति रौहानीले टेलिभिजनमा यस्तो घोषणा गरेसँगै तेहरानको प्रहरीले विवाहस्थल र शोक सभाहरु बन्ल गर्ने बताएको छ । प्रहरीका अनुसार अर्को सूचना नआएसम्म यी स्थलहरु बन्द रहनेछन् ।

इरानले गत अपि्रल महिनाको मध्यदेखि लकडाउन खुकुलो पार्न शुरु गरेको थियो । तर, हालैका दिनमा भने इरानमा कोरोना संक्रमितको संख्या बढेको छ । शनिबार इरानमा कोरोना भाइरसको कारण १८८ जनाको मृत्यु भएको थियो र यससँगै इरानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १२ हजार ६३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा इरानमा कोरोना भाइरसका दुई हजार ३९७ नयाँ संक्रमित फेला परेका छन् । अहिलेसम्म इरानमा कोरोना भाइरसका संक्रमितको संख्या दुई लाख ५५ हजार ११७ पुगिसकेकेा छ । यसैबीच राष्ट्रपति रौहानले भने, ‘समग्र इरानमा समारोह बन्द गर्नुपर्ने अवस्था देखिएको छ । यी सभा उत्सवका हुन् कि दुःखका । यो कुनै उत्सव तथा सेमिनारको समय होइन ।’

इरानमा युनिभर्सिटीको प्रवेश परीक्षा पनि रद्द गरिएको छ । इरानमा कोरोना भाइरसका संक्रमित बढ्नुको कारण यस किसिमका समारोह रहेको अधिकारीहरुले बताएका छन् । इरानका कोरोना भाइरस टास्क फोर्सका एक सल्लाहकारले कोरोना भाइरस नियन्त्रणका नियमहरु पालना नगरिएको खण्डमा इरानमा ५० देखि ६० हजार मानिसको मृत्यु हुन सक्ने चेतावनी दिएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment