Comments Add Comment

आइप्लेक्स मलले दियो व्यवसायीलाई घरभाडा छुट

३१ असार, काठमाडौं । वानेश्वरको आइप्लेक्स मलले घरभाडामा ६० प्रतिशतसम्म छुट दिएको छ । सपिङ मल सञ्चालक र व्यापारीहरु बिच भएको छलफल पछि मलमा व्यवसाय गर्दै आएक सबै व्यापारीहरुलाई ६० प्रतिशतसम्म घरभाडा छुट दिने सहमति भएको हो ।

व्यवसायी धनवीर श्रेष्ठले मल सञ्चालकले ६ महिनाको भाडा छुट दिने अहिले सहमति भइसकेको जानकारी दिए । उनका अनुसार भदौ महिनासम्म व्यापाराीले घरभाडामा छुट पाउने भएका छन् ।

कोरोना संक्रमण फैलन नदिन ११ चैतदेखि देशलार्य जेठ मसान्तसम्म पूर्ण लकडाउन गरिएको थियो । मल सञ्चालकले चैतदेखि असारसम्मकै भाडामा ६० प्रतिशत छुट दिने सहमति भएको व्यवसायी श्रेष्ठले बताए ।

त्यसपछि साउन र भदौ महिनाको भाडामा पनि केहि प्रतिशत छुट दिने सहमति भएको उनले जानकारी दिए । आइप्लेक्सले घरभाडा छुट दिदै गर्दा अन्य सपिङ मलका व्यापारीहरुले भने राहत पाएका छैनन् ।

सिभलि मलमा गत शुक्रबार व्यापारीहरुले तालाचावी नै बुझाएर आन्दोलनमा होमिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment