+
+
Shares

नेकपाका साथीहरू ! अब खड्गप्रसाद ओलीलाई प्रमबाट बिदा गर्नुहोस् : गगन

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ३० गते २२:४९

३० असार, काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन नेकपाका नेताहरूसँग आग्रह गरेका छन् । विभिन्न विवादास्पद अभिव्यक्तिका कारण आलोचित बन्दै आएका प्रधानमन्त्री ओलीले पछिल्लो समय दिएको अयोध्या नेपालमा पर्छ भन्ने विवादास्पद अभिव्यक्तिपछि नेता थापाले यस्तो आग्रह गरेका हुन् ।

आफ्नो फेसबुक पेजमार्फत् थापाले प्रधानमन्त्रीले दिएको पछिल्लो अभिव्यक्तिलाई नेकपाको आन्तरिक किचलोमा आफ्नो कुर्ची जोगाउन योजनाबद्ध ढङ्गले उठाएको अस्त्रको रुपमा व्याख्या गरेका छन् ।

उनले भनेका छन् ‘प्रधानमन्त्रीज्यूको अभिव्यक्तिमा प्रतिक्रिया देख्दा धेरैले ‘जे पनि बोल्ने’ प्रमको पुरानै प्रवृत्ति हो र यो पनि उट्पट्याङ शैलीबाट आएको क्षणिक आवेगको रुपमा लिएको पाएँ । मेरो विचारमा प्रमलाई यसबारेमा राम्रोसँग थाहा छ । यस्तो अभिव्यक्ति दिँदा भारतबाट विविध प्रतिक्रिया आउँछ । त्यसका आधारमा देशभित्र उत्पन्न परिस्थितिको जगमा आफूलाई’कथित राष्ट्रवादी’बनाउने र पार्टीभित्रको विद्रोह थाम्ने कडीका रूपमा नै केपी ओलीबाट संवेदनशील विषयमा यस्ता असंगत अभिव्यक्ति आएको हो ।’

उनले यो अभिव्यक्तिले केपी ओली सत्ता स्वार्थका लागि जुनसुकै प्रपञ्च रच्न तयार रहेको प्रष्ट पारेको उल्लेख गरेका छन् । यस्ता योजनाबद्ध राजनीतिक प्रपञ्चलाई पूरा हुन नदिन र देशभित्र र बाहिर उत्तेजना ल्याउने नियतले अन्टसन्ट बोल्ने व्यक्तिबाट मुक्ति पाउनको लागि केपी ओलीलाई प्रधानमन्त्रीबाट बिदा गर्नुपर्ने उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?