Comments Add Comment

तुलसी घिमिरेका रोचक कुराहरु

नेपाली चलचित्रका एउटा युग हाँक्ने निर्देशक हुन्, तुलसी घिमिरे । कला र प्रविधिको उम्दा ज्ञान एवं सीप भएका निर्देशक तुलसी घिमिरे नेपाली चलचित्रका लागि एक गौरवपूर्ण नाम मात्र होइनन्, खुला विश्वविद्यालय समेत हुन् । यस्तो लाग्छ, उनी केवल चलचित्रकै लागि जन्मिएका हुन् ।

कुसुमे रुमाल, चिनो, लाहुरे, दुई थोपा आँशु, दक्षिणा, देवता, बलिदान, दर्पण छाँया जस्ता अजम्बरी चलचित्रका थुप्रो लगाएका घिमिरेले नेपाली चलचित्रमा थुप्रै अभिनेता-अभिनेत्री जन्माइदिए । उनी एक कुशल निर्देशक मात्र होइनन्, पटकथाकार, अभिनेतादेखि सम्पादकसम्म हुन् । उनकै आगमनपछि नेपाली चलचित्रले व्यवसायिक छलाङ मारेको हो ।

उनै घिमिरेका जीवनसँग सम्बन्धित रोचक प्रसंगहरु यहाँ उल्लेख छ ।

कालिम्पोङमा जन्म, मुम्बईको शिक्षा र नेपाल कर्मथलो

निर्देशक तुलसी घिमिरेको जन्म भारत, दार्जिलिङको कालिम्पोङमा सन् १९५१ जुलाई १५ मा भएको हो । वैंशालु उमेरमा उनलाई चलचित्रको मोहले डोहो¥याउँदै मुम्बई पु¥यायो । मुम्बईमा रहँदा उनले चलचित्रका आयम बुझ्ने मौका पाए । पछि उनले आफ्नो कर्मथलो नेपाललाई बनाए । नेपालमा व्यवसायिक चलचित्रको जग बसाए ।

राज कपुर बन्ने धुन

उनलाई चलचित्रमा तान्ने एउटा मेलो बन्यो, अभिनेता राज कपुर । न उनले राज कपुरलाई भेटेका थिए, न नजिकबाट देखेका । तर, त्यस समयमा राजकपुरको जुन चर्चा र ग्ल्यामर थियो, त्यसले उनलाई आकर्षित ग¥यो । अन्ततः उनी राज  कपुर जस्तै बन्ने रहर पालेर मुम्बई पुगे ।

गुरुको चुनौती र गुरु दक्षिणा

मुम्बईमा छँदा तुलसी घिमिरेलाई प्रसंगबस् आफ्ना गुरुले सोधे, ‘तिम्रो देशमा, तिम्रो भाषामा अहिलेसम्म कतिवटा चलचित्र बनेको छ ?’

तुलसी घिमिरेले भने, ‘त्यस्तै सात-आठ वटा ।’

गुरुले चुनौती दिए, ‘त्यसो हो भने तिमीले अब आफ्नो भाषाको १० वटा चलचित्र बनाएर देखाउनु ।’

खासमा त्यसबेला तुलसी घिमिरे सम्पादनको काम सिकिरहेका थिए । निर्देशनको अनुभव पनि थिएन । न पैसा थियो । आखिरमा उनै गुरुको वचनलाई शिरोधर गर्दै तुलसी घिमिरेले आफ्नै भाषाको, आफ्नै माटोको चलचित्र बनाए, बाँसुरी । यो सन् १९८१ को कुरा हो ।

रमाइलो कुरा त के भने, गुरुको चुनौती १० वटा चलचित्र बनाउनुपर्ने थियो । तुलसीले दशौं चलचित्रको नाम नै ‘दक्षिणा’ राखे । शिष्य र गुरुबीचको सम्बन्धलाई केलाएर विद्यमान शिक्षा प्रणालीमाथि बनेको उक्त चलचित्र अहिलेपनि उत्तिकै सान्दर्भिक छ ।

यो पनि पढ्नुहोस तुलसी घिमिरेसँग फिल्म सुटिङका ७ किस्सा

गडफादर

नेपाली चलचित्रको एउटा कालखण्डमा जतिपनि अभिनेता-अभिनेत्रीको पर्दापण भयो, त्यसको पछाडि तुलसी घिमिरेको हात छ । उनले तृप्ति नाडकर, उदित नारायण, सृजना बस्नेत, उत्तम प्रधानदेखि निरुता सिंहसम्मलाई ब्रेक दिएका थिए । उनी थुपै्र कलाकर्मीका गडफादर हुन् ।

रनजीत गजमेरसँगको सम्बन्ध

संगीतकार रनजीत गजमेरसँग तुलसी घिमिरेको साइनो गज्जब छ । खासमा उनीहरु एक सर्जकको रुपमा नजिक भएका हुन् । घिमिरेका अधिकांश चलचित्रका गीतमा संगीत दिने उनै रनजीत गजमेर हुन्, जो कालजायी छन् । साथी जस्तै सम्बन्ध भएका उनीहरु पछि भने ससुरा र ज्वाईमा रुपान्तरण भए । रनजीत गजमेरकी छोरी भारतीसँग घिमिरेले विवाह गरे ।

भाई निर्माता र अभिनेता

तुलसी घिमिरेको साख्खै भाइ हुन्, श्रवण घिमिरे । श्रवण खासमा निर्माता हुन् । साथसाथै उनले अभिनेताको रुपमा पनि आफुलाई चिनाए । लाहुरे, कोसेली जस्ता चलचित्रमा श्रवणले अभिनय गरे । भाईसँग मिलेर उनले होम प्रोडक्सनकै चलचित्रहरु बनाइरहे ।

अभिनेता पनि

तुलसी घिमिरे आफैमा एक कुशल अभिनेता पनि हुन् । थुप्रै चलचित्रमा उनले अभिनय गरेका छन् । त्यसमध्ये लाहुरे, दक्षिण आदिमा उनको भूमिका सम्झनलायक छ ।

प्राविधिक रुपमा पोख्त

तुलसी घिमिरे जति सिर्जनशिल निर्देशक हुन्, उत्तिनै प्रविधिमा पोख्त पनि । उनी चलचित्र सम्पादनदेखि छायांकनसम्म गर्न सिपालु छन् । प्रविधिबारे फराकिलो ज्ञान छ उनमा ।

तस्वीरहरु : तुलसी घिमिरेको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment