Comments Add Comment

कोरोना महामारीमा छिमेकीमाथि दादागिरी देखाउँदैछ चीन : अमेरिकी विदेशमन्त्री

७ साउन, काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चीनले कोरोना भाइरस (कोभिड-१९) को महामारीमा आफ्नो दादागिरी देखाइरहेको आरोप लगाएका छन् ।उनले दक्षिण चीन सागरमा पनि चीनले आफ्नो सैन्य उपस्थिति बढाएको बताएका छन् ।

मंगलबार लण्डनमा बोल्दै पोम्पेओले महामारीमा आफ्ना छिमेकीलाई सहयोग गर्नुको सट्टामा उनीहरुमाथि दादागिरी देखाउने दिशामा चीन अघि बढेको बताएका हुन् ।

बेलायती समकक्षी डोमिनिक राबसँगको वार्तापछि गरिएको पत्रकार सम्मेलनको क्रममा उनले समग्र विश्व एकसाथ मिलेर काम गर्नु जरुरी रहेको बताएका हुन् । उनले प्रत्येक मुलुकले अन्तर्राष्ट्रिय सीमाको विषयमा अन्तर्राष्ट्रिय व्यवस्थाको पालना गर्नु जरुरी रहेको बताए ।

पोम्पेओले पुनः चीनले महामारीको सुरुआती समयमा यसलाई लुकाएको आरोप लगाएका छन् । उनले चिनियाँ कम्युनिष्ट पार्टीले यो संकटलाई आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्नु लज्जास्पद रहेको बताए ।

दक्षिण चीन सागरको विवादित क्षेत्रमा चीनको दाबीको विषयमा बोल्दै पोम्पेओले यो क्षेत्रमा चीनले दाबी गर्ने कुनै कानुनी आधार नरहेको बताए । साथै उनले चीनले छिमेकीहरुलाई धम्की दिइरहेको र उनीहरुमाथि दादागिरी देखाइरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment