Comments Add Comment

किन चलेनन् प्रकाशको ‘नमस्कार’देखि आशिषको ‘गलबन्दी पछ्यौरी’ बोलको गीत ?

लकडाउन लुजडाउनमा परिणत भएपछि म्यूजिक भिडियो निर्माणको क्रम ह्वात्तै बढेको छ । अहिले म्यूजिक भिडियो भिडियो छायांकनमा कुनै सावधानी अपनाइएको छैन । तीजको गीतमा त २ दर्जन भन्दा बढी टिमले काम गरिरहेका छन् । गीत छायांकन गरेर सार्वजनिक गर्ने हतारो पनि छ ।

तर, बजारमा आएका सबै गीतहरु सफल भने छैनन् । कतिपयले आफ्नो हिट गीतको सिक्वेल सार्वजनिक गरे भने कतिपयले आफ्नो नामबाटै गीत हिट हुन्छ भन्ने सोचेर सार्वजनिक गरे । तर, दर्शकले केही गीतलाई रुचाएका छन् भने धेरै गीतका सर्जकहरु टिकटकमा निर्माण भएका २–४ सय भिडियो हेरेरै दंग छन् ।

‘पिरिम नलाउने’ बोलको गीत सुपरहिट भएपछि गायक आशिष सचिनले ‘गलबन्दी पछ्यौरी’ बोलको गीत सार्वजनिक गरे । तर, उनले तामझामका साथ सार्वजनिक गरेको यो गीतले कुनै चमत्कार गरेन । सार्वजनिक भएको ११ दिनमा गीतलाई करिब १२ लाख भ्यूज मिलेको छ । तर, ‘पिरिम नलाउने’ जस्तो लोकप्रिय यो गीत हुन सकेन । वर्षा राउत, रेश्मा घिमिरे जस्ता मोडलको उपस्थितीले पनि भिडियोलाई लोकप्रिय बनाउन सकेन । आशिषले ‘पिरिम नलाउने’ रुचाएका कारण दर्शकले यसलाई पनि रुचाउछन् भन्ने सोच राखेको देखिन्छ । यसैले, उनी यसपटक अडियो रोजाइमा चिप्लिएका छन् ।

गायक प्रकाश सपुतले कोरोना महामारीपछि एउटा गायकको अवस्थालाई चित्रण गर्दै ‘नमस्कार’ बोलको गीत सार्वजनिक गरे । यो गीतलाई दर्शकले उनका अघिल्ला गीत जस्तो रुचाएनन् । यो गीतले सन्देश राम्रै दिन खोजेको छ । तर, ‘बोल माया, गलबन्दी’ जस्ता गीतका सर्जकको ‘नमस्कार’ले चमत्कार गरेन । यो गीतलाई सार्वजनिक भएको १२ दिनमा ११ लाख ७२ हजार भन्दा बढी भ्यूज मिलेको छ ।

गायक दुर्गेस थापाले गतबर्षको हिट गीत ‘बिच बिचमा’को तेश्रो सिरिज निकाले । यो गीतलाई पनि दर्शकले औषत रुपमा रुचाएका छन् । यो गीत अहिले युटुबको ट्रेन्डिङको पहिलो स्थानमा छ । दुर्गेसको लागि खुशी हुने कारण यही एउटा हुनसक्छ । तर, यो गीतले ‘बिच बिचमा’ जस्तो सफलता भने पाएन । बरु, दुर्गेसले तीजको गीतको नाममा गाइजात्रे शैलीको गीत निकालेको भनेर सामाजिक संजालमा आलोचना भयो । गीत सार्वजनिक भएको ३ दिनमा यसलाई १३ लाख भन्दा बढी भ्यूज मिलेको छ ।

गायक राजनराज सिवाकोटी र गायिका स्मिता दाहालले हिट गीत ‘मायालु तिमी कता छौ’को दोश्रो सिरिज निकाले । यो गीत सार्वजनिक भएको ५ दिनमा यसलाई २१ लाख भन्दा बढी भ्यूज मिलेको छ । पल शाह र स्वस्तिमा खड्काको क्रेज, हिट गीतको सिरिजका कारण पनि यसलाई छोटो समयमा राम्रो भ्यूज मिलेको हो । गीतको भिडियो आकर्षक छ । तर, अघिल्लो ‘मायालु तिमी कता छौ’को तुलनामा यो गीत कमजोर छ ।

नायक पल शाह, सागर लम्साल, रियाशा दाहाल लगायतले अभिनय गरेको ‘ए है माया’ बोलको गीत सार्वज्निक भएको १ महिना भन्दा बढी भयो । यो गीतलाई युटुबमा ८७ लाख भन्दा बढी भ्यूज मिलेको छ । यो गीतलाई दर्शकले खुबै रुचाए ।

मेलिना राई र सरोज वलीको स्वर रहेको गीत लक डाउनपछि सार्वजनिक भएका गीतमा सर्वाधिक चलेको गीत हो ।

यी बाहेक केही तीजका र केही आधुनिक गीत लक डाउनपछि सार्वजनिक भएका छन् । तर, धेरै गीतका सर्जकले सोचेजस्तो सफलता पाएका छैनन् । युटुबको भ्यूज र टिकटकमा बनेका केही भिडियोले मात्र गीतको सफलता मापन गर्न सकिदैन । यसका लागि गीतको अडियो, भिडियोको स्तरियता लगायतलाई मुख्य कारक मान्न सकिन्छ । यी कुरामा लक डाउनपछि सार्वजनिक भएका धेरै गीत चिप्लिएका छन् भने केहीले दर्शकको माया पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment