Comments Add Comment

चोभारमा जोखिम मोलेर वाग्मतीसँग सेल्फी

६ साउन, काठमाडौं । दुई दिन लगातारको वर्षापछि काठमाडौं उपत्यकाका खोलानाला पनि निकै बढेको छ । काठमाडौंका वागमती र यसका सहायक खोलाहरुमा बाढी आउँदा अहिले वाग्मती नदीमा पानीको मात्रा धेरै बढेको छ ।

वागमती नदी काठमाडौं उपत्यकाबाट बाहिर निस्कने ठाउँ चोभारमा अहिले बाढी हेर्नेको ठूलो भीड लागेको छ । वागमती नदीको किनार र खोँचसम्म पुगेर पानीको सतह हेर्ने र फोटो खिच्ने युवायुवती धेरै देखिन्छन् ।

जोखिमपूर्ण भए पनि मानिसहरु नदीको बाढीलाई पृष्ठभूमिमा पारेर फोटो खिचाउन निकै उत्साहित देखिन्छन् ।

हेर्नुहोस् तस्वीरहरु 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment