Comments Add Comment

थप १५० जनामा कोरोना संक्रमण, ६०९ डिस्चार्ज

६ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना भाइरस (कोभिड–१९) को सक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ३ हजार ९६३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ ।

उनीहरुमध्ये ४० जनाको मृत्यु भएको छ भने १२ हजार ४७७ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ६०९ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल ५ हजार ४७७ जना आइसोलेसनमा छन् ।

कहाँकहाँ थपिए संक्रमित ?

मन्त्रालयका अनुसार सबैभन्दा धेरै २९ जना संक्रमित थपिएका छन् । कञ्चनपुरका २० जना, महोत्तरीका १४, दैलेखका १०, काठमाडौं र उदयपुरका ८/८ जना, चितवन र मकवानपुरमा ५/५ जना तथा कैलाली, बझाङ र डोटीमा ४/४ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै मोरङ, सर्लाही, गोरखा, म्याग्दी, स्याङ्जा, बाग्लुङ, बाँके र दाङका ३–३ जना, झापा, इलाम, पर्सा, रामेछाप र सल्यानका २/२ जना तथा सप्तरी, काभ्रे, नुवाकोट, ललितपुर र नवलपरासीका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment