+
+
Shares

कोरोना नियन्त्रणको लागि एक लाख युरो सहयोग गर्ने टुनबर्गको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ६ गते १५:०८

६ साउन, काठमाडौं । पर्यावरण संरक्षण अभियान्ता ग्रेटा टुनबर्गले अमेजन क्षेत्रमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा सहयोगका लागि एक लाख युरो सहयोग गर्ने घोषणा गरेकी छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् सोमबार यस्तो घोषणा गरेकी हुन् ।

मानवताको लागि दिइएको १० लाख युरोको गुल्बेन्कियान पुरस्कार प्रदान गरिएसँगै किशोरी अभियान्ताले यस्तो घोषणा गरेकी हुन् । सोही पुरस्कारको रकमबाट उनले एक लाख युरो कोरोना भाइरस नियन्त्रणको लागि प्रदान गर्न लागेकी हुन् । टुनबर्गले एसओएस अमेजनियामार्फत् यो सहयोग गर्न लागेकी हुन् । यो संगठनले कोरोना भाइरस नियन्त्रणको लागि अमेजन क्षेत्रमा काम गरिरहेको छ ।

टुनबर्गले आफूले पाएको पुरस्कारको सबै रकम विभिन्न संस्थाहरुमार्फत् दान गर्न सक्ने बताएकी छिन् । तर, अहिलेसम्म के प्रयोजनको लागि कुन संस्थालाई दान दिने हो भन्ने खुलाइएको छैन । उनले यो सबै रकम पर्यावरण र पर्यावरणीय विश्वलाई बचाउन भइरहेका कामका लागि उक्त रकम दान गरिने उनले बताएकी छिन् ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?