Comments Add Comment

मार्चपछि पहिलोपटक मन्त्रिपरिषद्को बैठकमा फर्किए बेलायती प्रधानमन्त्री

६ साउन, काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन पछिल्लो चार महिनामा पहिलोपटक मन्त्रिपरिषद्को बैठकमा उपस्थित भएका छन् । यो बैठक बेलायतको विदेश मन्त्रालयमा भएको थियो । भौतिक दुरीको नियम पालना गर्न विदेश मन्त्रालयमा डाउनिङ स्टि्रट (प्रधानमन्त्री कार्यालय) को सभाहलमा भन्दा धेरै स्थान छ ।

यो बैठकमा प्रधानमन्त्री जोन्सनले कोरोना भाइरसको कारण बेलायतको सरकारको सुधारवादी एजेण्डामा कुनै किसिमको असर नपर्ने बताएका थिए । जोन्सनले बैठकमा आगामी महिना चुनौतीपूर्ण हुने चेतावनी दिएका थिए । उनले आगामी महिनाको लागि सन्तुलन बनाउनु जरुरी रहेको बताएका छन् ।

उनले कोरोना भाइरसको मुद्दामा निरन्तर काम गर्नुपर्नेमा पनि जोड दिएका छन् । उनले कोरोना भाइरसलाई नियन्त्रणमा राख्नुपर्ने बताउँदै अहिले बेलायती नागरिकले यस विषयमा गरिरहेको कामको प्रशंसा पनि गरेका छन् ।

उनले भौतिक दुरी पालना गर्ने नियमको पालना गर्दै अर्थतन्त्रलाई अघि बढाउनु जरुरी रहेको पनि बताए । उनले मानिसहरुलाई पुनः काममा फिर्ता ल्याउनुपर्ने बताए ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment