Comments Add Comment

आधुनिक लोकतान्त्रिक नेपालको निर्माता वीपी : निधि

७ साउन, काठमाडौं । नेपाली कांग्रेसका उपभासपति विमलेन्द्र निधिले विश्वेश्वरप्रसाद (वीपी) कोइराला नै आधुनिक र लोकतान्त्रिक नेपालका निर्माता भएको बताएका छन् ।

वीपीको ३८ औं स्मृति दिवसको सन्दर्भमा नेपाली जनसम्पर्क समितिले अमेरिकाद्वारा आयोजित कार्यक्रममा उनले पृथ्वीनारायण शाहले गरेको नेपाल एकीकरणलाई राणाबाट मुक्त गराएर वीपीले लोकतान्त्रिक राज्य बनाएको उल्लेख गरे ।

‘वीपी विचार र आजको राजनीतिक सन्दर्भ’ विषयक कार्यक्रममा बोल्दै पृथ्वीनारायण शाहले देश सिंगो निर्माण गरेको भए पनि नेपाल राष्ट्र हुन नसकेको भन्ने उहाँको विचारको कम्युनिस्टहरूले विरोध गरेको स्मरण गरे ।

कांग्रेसको अगुवाईमा स्थापना भएको प्रजातन्त्र जनवादी केन्द्रीयतामा विश्वास गर्ने कम्युनिष्टहरूका कारण संकट परेको उल्लेख गरे । तर त्यो संकटबाट पार लगाउने काम पनि कांग्रेसले नै गर्ने निधिले दाबी गरे । कम्युनिष्ट, राजावादी र संघीयता बिरोधी चित्रबहादुर केसीलाई कांग्रेसले नै लोकतन्त्रको पक्षमा ल्याएको निधिको भनाइ छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं जनसम्पर्क समन्वय समितिका संयोजक गोविन्द भट्टराईले राणा शासनबाट मुक्त गराएर आधुनिक नेपालको सुरुआत वीपीले नै गरेको स्मरण गराए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment