Comments Add Comment

विवादित ‘तिजगीत’ बारे बद्री पंगेनीः ‘नो व्रत’ भन्नु हुन्थेन

 

गायिका सोफिया थापाले ल्याएको नो व्रत प्लीज बोलको गीतलाई लिएर विवाद झांगिँदै गएको छ । लोक संगीतमा लामो समयदेखि क्रियाशील कलाकारहरुले समेत उनको गीतको आलोचना गर्न थालेका छन् ।

चर्चित लोकगायक एवं लोक तथा दोहोरी गीत प्रतिष्ठानाका अध्यक्ष बद्री पंगेनी कुनै पनि गीत–संगीतले देशको धर्म–संस्कृतिलाई चोट पुर्याउनु नहुने बताउँछन् । सोफियाको गीतमा केही राम्रा विषय उठाइएको भए पनि तिजमा व्रत नबस्न गरिएको आग्रह सही नभभएको उनको धारणा छ ।

पंगेनी भन्छन्, ‘तिजमा पानी पनि नखाई निराहार व्रत बस्नु हुँदैन भन्ने मेरो पनि मान्यता हो । त्यही ढंगले लेखिएको भए हुन्थ्यो । तर, उहाँको गीतले व्रत नै नबस्नु भन्ने खालको सन्देश दिएको छ । यो चाहिँ ठीक भएन । जसलाई तिजको व्रतमा विश्वास छ, उनीहरुले बस्न सक्छन् । विश्वास नहुनेलाई कसैले कर गर्दैन ।’

यो पनि पढ्नुहोस सोफिया भन्छिन्ः मेरो गीतको विरोध पुरुषले मात्र गरेका छन्

तिजमा तडकभडक नगर्न दिइएको सन्देशलाई भने आफूले सकारात्मक लिएको पंगेनीले बताएका छन् ।

उनले भने, ‘म पनि तिजमा गहनाको प्रदर्शन गर्नु हुँदैन भन्नेमा छु । त्यहाँसम्म उहाँको गीत सही छ । तर, साडी र चुरा नलगाउने, दर नखाने सन्देश फेरि पनि गलत छ । यो तिजको संस्कृतिभित्र पर्छ । साथै, व्यक्तिगत स्वतन्त्रताको कुरा पनि हो ।’

लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्न पाइने भए पनि संगीतमा यसको प्रयोग गर्दा सचेतता अपनाउनुपर्ने उनले टिप्पणी गरे ।

‘गीत गाउने कलाकारको अधिकार हो, तर आफ्नो अधिकारको प्रयोग गरिरहँदा अरुको अधिकारमा हस्तक्षेप नहोस भनेर सदैव सचेत हुनुपर्छ,’ पंगेनीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment