Comments Add Comment

सगुनले गठन गर्‍यो सल्लाहकार बोर्ड

८ साउन, काठमाडौं । सामाजिक ई-कमर्स स्टार्टअप कम्पनी सगुनले ४जना सल्लाहकारको एक समूहलाई बोर्डमा नियुक्त गरेको छ ।  सल्लाहकार समितिको सदस्यहरुमा बिमल बास्तोला (न्युयोर्क), कपिल अधिकारी (टेक्सास),  डा. शशि सिग्देल (न्यूयोर्क) र डा. केशब पौडेल (न्यू मेक्सिको) रहेका छन् ।

सन् २०१५ देखि २०१९सम्म गैर आवासीय नेपाली संघ -एनआरएनए-युएसएका अध्यक्ष रहेका डा. पौडेल सगुनको सल्लाहकार समितिको अध्यक्ष नियुक्त भएका छन् ।

यो सल्लाहकार समितिमा रहेका ब्यक्तित्वहरूसँग उत्कृष्ट क्षमता, उर्जा, र दक्षता रहेको कम्पनीले जनाएको छ । उनीहरूको योगदानले सगुनको मिसनलाई थप उचाइमा पुर्‍याउने कम्पनीको विश्वास छ ।

‘हामी बोर्डका सबै सदस्यहरुलाई स्वागत गर्न उत्साहित छौं । किनकि उहाँहरूले विभिन्न क्षेत्रमा दशौं वर्षसम्म नेतृत्व प्रदान गर्दै आउनु भएको छ । उहाँहरूले हासिल गर्नु भएको अनुभव र सिप सगुनको बृद्धिका लागि ठूलो सम्पत्ति हुनेछ,’ सगुनका सहसंस्थापक कबिन सिटौलाले भने ।

सगुनमा सल्लाहकार समितिका अध्यक्षका रूपमा टोलीको नेतृत्व गरिरहेका डा. केशव पौडेलले भने, ‘म सगुनसँग जेडिन पाउँदा अत्यन्तै उत्साहित छु । यसको लक्ष्य हासिलग र्न आवश्यक पर्ने स्रोत र संसाधनहरू जुटाउने दिशामा मेरा प्रयासहरू रहने छन् ।’

उनले अगाडि भने, ‘नेपाली मूलबाट अएको यो फरक आविष्कारको अवधारणाले सोसल मिडियासँग कुराकानी गर्ने हाम्रो तरिकामाउल्लेखनीय परिवर्तन ल्याउनेछ । मलाई लाग्छ, सगुन विशेषगरी नेपाल र विश्वभरि रहेका नेपालीहरुबीच ठूलो मौका र मूल्य सिर्जना गर्ने अवसरहरूका साथ अगाडि बढिरहेको छ । यस कम्पनीलाई सबै नेपाली डायस्पोराबीच प्रेरणादायी बनाउन म सक्दो प्रयास गर्नेछु ।’

सगुन सल्लाहकार समितिको सदस्य, बिमलराज बास्तोला ब्यवसायी हुन् । उनीसँग सफ्टवेयर, तेल र ग्यास ब्यवसायका साथै अमेरिका, भारत, नेपाल, बंगलादेश र अपि|mकामा रियल स्टेट सम्बन्धी व्यवसाय संचालन गरेको २५ बर्षभन्दा बढीको अनुभव छ । उनले क्विन्स कलेजबाट कम्प्युटर विज्ञान र सेन्ट जोन्स विश्वविद्यालय न्यूयोर्कबाट एमबीए गरेका छन् ।

अर्का सदस्य , डा. केशब पौडेलसँग क्लिनिकल र एकेडेमिक मेडिसिनमा मात्र नभई मेडिकल एडमिनि स्ट्रेशनमा पनि २० बर्षको अनुभव छ । उनले न्यू मेक्सिको हस्पिटल मेडिसिन सोसाइटीको अध्यक्षको रूपमा सेवा गरेका छन्  । अहिले उनी एनआरएनएका प्रमुख संरक्षकको रूपमा छन् । उनले मोन्टेफोर मेडिकल सेन्टर न्यूयोर्कबाट एमडी र टेनेसी विश्वविद्यालयबाट एमबीए गरेका छन् ।

अर्का सदस्य , कपिल अधिकारीसँग रिटेल फ्रेन्चाइजी र थोक व्यापारको २५ वर्षको अनुभव छ । उनी टेक्सास इस्टेटको नेपाली सांस्कृतिक र आध्यात्मिक केन्द्र र हिन्दू मन्दिरको बोर्ड अफ ट्रस्टीका सदस्य छन् ।

सगुन सल्लाहकार समितिको अर्का सदस्य, डा. शशिसिग्देल, पेशाले चिकित्सक हुन् ।  उनी २०११ देखि न्यु योर्कमा चिकित्सा क्षेत्रमा सक्रिय छन् । उनी अस्पतालको गुणस्तरीय टोली र चिकित्सक सल्लाहकार टोलीको पनि सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment