Comments Add Comment

हिमालय रोडिजको ‘जर्नी राउण्ड’बाट बाहिरिए राम

हिमालय टेलिभिजनको लोकप्रिय रियालिटी शो ‘हिमालय रोडिज’को ‘जर्नी राउण्ड’बाट प्रतिस्पर्धी राम बाहिरिएका छन् । बाहिरने क्रममा उनले भने–‘म बाहिरिए पनि खुशी छु । मेरै समुहको सुजन अगाडि बढेकाले पनि मलाई दुःख लागेको छैन ।’

‘जर्नी राउण्ड’मा दिइएको टाक्समा अन्य प्रतिस्पर्धीको भन्दा कमजोर खेल खेलेपछि उनी बाहिरिएका हुन् । उनी, लिडर आशिष रानाको ग्याङमा थिए ।

रामले बाहिरिने क्रममा भने–‘ममाथि लागेको दाग मेटिएला कि नमेटिएला भन्ने लागेको थियो । तर, सबैको मायाले गर्दा म निकै खुशी छु । मैले गर्दै नगरेको अपराधको सजायँ भोग्नुपर्यो, मेरो जिन्दगीको ५ बर्ष यसै गयो । तर, अब म छात्ती फुलेको छ । मलाई अब ३ करोड जनताले अपराधी भन्दैन, यसैमा खुशी छु ।’

उनी आशिष रानाको ‘ग्रिन ग्याङ’मा थिए । ‘हिमालय रोडिज’मा रामको प्रस्तुतिले निकै चर्चा पाएको थियो । साथै, उनको जीवन भोगाइले पनि धेरैको मन छोएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment