Comments Add Comment

भारतमा थपिए ४५ हजारभन्दा धेरै कोरोना संक्रमित, मृत्यु हुने २९ हजार नाघे

८ साउन, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का ४५ हजार ७२० नयाँ संक्रमित थपिएका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै भारतमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या १२ लाख ३८ हजार ६३५ पुगेको छ । एकैदिन भेटिएका नयाँ कोरोना संक्रमितको यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो ।

त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण एक हजार १२९ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि २९ हजार ८६१ पुगेको छ ।

भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा अहिलेम्म तीन लाख ३७ हजारभन्दा बढी संक्रमित फेला परिसकेका छन् भने तामिलनाडुमा एक लाख ८६ हजारभन्दा धेरै संक्रमित भेटिएका छन् । त्यस्तै दिल्लीमा एक लाख २६ हजारभन्दा बढी संक्रमित भेटिएका छन् ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका सात लाख ८२ हजार ६०६ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

स्रोत : एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment