Comments Add Comment

बर्मन बुढाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान

राष्ट्रिय झण्डा ओढाउँदै उपराष्ट्रपति नन्दबहादुर पुन र उनलाई सघाउँदै ऊर्जामन्त्री वर्षमान पुन

७ साउन, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले पुराना कम्युनिष्ट नेता एवम् पूर्वसांसद बर्मन बुढाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका छन् ।

पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गर्नुअघि अन्तिम श्रद्धाञ्जली दिने क्रममा उपराष्ट्रपति पुनले राष्ट्रिय झण्डा ओढाएका हुन् ।

यसैगरी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

अन्तिम श्रद्धाञ्जली दिन सभामुख अग्नि सापकोटा, पूर्वसभामुखद्वय कृष्णबहादुर महरा र ओनसरी घर्तीमगर, नेकपा क्रान्तिकारी (माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’, ऊर्जामन्त्री वर्षमान पुन, नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजाल, नेताहरु सीपी गजुरेल, अमिक शेरचन, देव गुरुङलगायत नेता कार्यकर्ताहरु पशुपति गएका थिए ।

कम्युनिष्ट आन्दोलनका अगुवा बर्मन बुढाको बुधबार बिहान पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । उनको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment