+
+
Shares

सोफियाको विवादित गीत हाइलाइट्स नेपालले ‘लुकायो’

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ७ गते १८:०८

गायिका सोफिया थापाले गाएको ‘तीज गीत’ विवादमा परेपछि हाइलाइट्स नेपालले आफ्नो च्यानलबाट हेर्न नमिल्ने बनाएको छ । विभिन्न संघ–संस्थाबाट दवाव आएको भन्दै कम्पनीले यसलाई अरुले हेर्न नमिल्ने गरी ‘प्राइभेट’ मा राखेको हो ।

‘यसपालीको तीज, नो व्रत प्लिज’ बोलको गीतललाई ‘तीजविरोधी’ भन्दै आलोचना भएको थियो । गीतका शब्दहरुले नेपालको पवित्र चाड र हिन्दू महिलाहरुको आस्थामा चोट् पुर्याएको भनेर विभिन्न संघ–संस्थाहरुले यसलाई हटाउन आग्रह गरेका थिए । हाइलाइट्स नेपालमा केही हिन्दूवादी संस्थाले पत्रसमेत पठाएका थिए ।

यो गीत सोफिया स्वयंले लेखेकी हुन् । उनले अनलाइनखबरसँग प्रतिक्रिया दिँदै आफू गीत हटाउने पक्षमा नरहेको बताइन् ।

‘म त हटाउनु हुँदैन भन्नेमा थिएँ । तर केही संस्थाहरुले लगातार धम्की दिएका रहेछन् । त्यसैले प्राइभेट गर्न बाध्य हुनुभयो,’ उनले भनिन् ।

हाइलाइट्स नेपालको च्यानलबाट हटे पनि अन्य थुप्रै च्यानलहरुले यसलाई कपी गरेर हालिसकेकाले दुख नलागेको थापाको भनाइ छ ।

‘मेरो उद्देश्य पैसा कमाउने होइन, दर्शकमाझ सन्देश पुगोस भन्ने हो । मैले आफ्नो सोखको लागि मात्रै गाएको हुँ । अन्य च्यानलमा दर्शकले गीत अझै हेर्न पाउनुहुन्छ । अब यो पब्लिक प्रपर्टी बनेको छ । त्यसैले म दुखी छैन,’ उनले भनिन् ।

आफ्नो गीत बौद्धिक समुहमा बहसको विषय बनेको भन्दै उनले सन्तुष्टि व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?