+
+
Shares

पर्यटन प्रवर्द्धन गर्न बासुदेवले ल्याए तीज गीत ‘रेलिमै घुमौँला फिरम्ला’

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १ गते १६:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सञ्चारकर्मी बासुदेव पोखरेलको शब्द सिर्जनामा तयार भएको नयाँ तीज गीत ‘रेलिमै घुमौँला फिरम्ला’ सार्वजनिक गरिएको छ।
  • गीतमा रमेशराज भण्डारी, खुमन अधिकारी र अपेक्षा गिरीको स्वर रहेको छ भने यसको लय रमेशराज भण्डारीले दिएका हुन्।
  • यस गीतले नेपालका विभिन्न पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्दै मौलिक संस्कृति र आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखेको छ।

काठमाडौं । सञ्चारकर्मी तथा सर्जक बासुदेव पोखरेलको शब्द सिर्जनामा तयार भएको नयाँ तीज गीत ‘रेलिमै घुमौँला फिरम्ला’ सार्वजनिक भएको छ । नेपाली मौलिक तीज संस्कृति, लोकपरम्परा र पर्यटन प्रवर्द्धनलाई एउटै सांगीतिक यात्रामा प्रस्तुत गर्ने उद्देश्यका साथ गीत सार्वजनिक गरिएको हो ।

रमेशराज भण्डारी, खुमन अधिकारी र अपेक्षा गिरीको स्वर रहेको गीतमा बासुदेव पोखरेलको शब्द तथा रमेशराज भण्डारीको लय रहेको छ ।

तीज गीतलाई केवल मनोरञ्जनमा सीमित नराखी नेपालको प्राकृतिक, धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको प्रचार-प्रसार गर्ने गीत तयार गरिएको स्रष्टाहरूको भनाइ छ ।

गीतको शब्दमा गुल्मीको रेसुङ्गा, धुर्कोट दरबार, बागलुङको कालिका ढोरपाटन, पोखरा, चितवन, इलाम र काठमाडौं लगायत देशका प्रमुख पर्यटकीय गन्तव्यलाई समेटिएको छ ।

‘घुमौँला, फिरौँला र नेपाल चिनौँला’ भन्ने भावमार्फत आन्तरिक पर्यटन प्रवर्द्धनसँगै नेपाली मौलिक संस्कृति र पहिचानलाई थप सशक्त बनाउने प्रयास गीतमा गरिएको छ ।

गीतको भिडियो निर्देशक निशान बानियाँले तयार गरेका हुन् । भिडियोमा ममता राना मगर, कैलाश कठायत, गङ्गा बोहोरा र सन्तोष थापालगायत कलाकारको अभिनय छ भने सम्पादन सुजन कोइरालाले गरेका छन् ।

सञ्चारकर्मीका रूपमा सक्रिय पोखरेलले पछिल्लो समय मौलिक नेपाली गीत-संगीतमार्फत समाज, संस्कृति र पर्यटनलाई जोड्ने सिर्जनामा निरन्तरता दिँदै आएका छन् ।

‘रेलिमै घुमौँला फिरम्ला’ पनि त्यही अभियानको निरन्तरता भएको बताइएको छ । सार्वजनिक भएसँगै गीतले युट्युब र सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ । तीज पर्वको अवसरमा नेपाली मौलिकता, पर्यटन र सांस्कृतिक पहिचानलाई प्रवद्र्धन गर्ने अपेक्षासहित गीत सार्वजनिक गरिएको निर्माण पक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?