Comments Add Comment

कंगनाले विदेशी नायिका भनेपछि आलिया र ज्याकलिनको यस्तो जवाफ

नायिका कंगना रनावतले नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडकर्मीमाथि एकपछि अर्को आरोप लगाइरहेकी छिन् । उनले, नायिका आलिया भट्टको चर्को आलोचना पनि गरिरहेकी छिन् । हालै मात्र, एक टेलिभिजन अन्र्तवार्तामा आलियाले ज्याकलिन फर्नान्डेज र आलिया भट्टलाई विदेशी नागरिक भन्दै दर्शकहरुले उनीहरुलाई मन पराएका कारण आफूलाई दर्शकबाट कुनै आशा नभएको उल्लेख गरेकी थिइन् ।

कंगनाले भनेकी छिन्–‘भारतीय दर्शकलाई भारतका प्रतिभाहरुमा खासै मन जाँदैन । केही फ्यान त यस्ता छन् कि जो विदेशी नायिकाको तारिफ गर्नमा व्यस्त रहन्छन् । आलिया भट्ट, कट्रिना कैफ, ज्याकलिन फर्नान्डेज जस्ता नायिकालाई मन पराउने दर्शकलाई आफ्नो भाषा र रंग मन पर्दैन । यहाँ दशकौदेखि खानहरुको राज चल्दै आएको छ यसकारण मलाई दर्शकसँग कुनै आशा पनि छैन ।’

नायिका ज्याकलिन फर्नान्डेजले घुमाउरो शैलीमा कंगनालाई जवाफ फर्काउँदै लेखेकी छिन्–‘पहिला म यस्तो परिस्थितीमा आफ्नो नाम बचाउन चाहन्थेँ । तर, अब म आफ्नो शान्ती बचाउन चाहन्छु । जसलाई जे सोच्नु छ सोचे हुन्छ ।’

यस्तै, नायिका आलिया भट्ट लेख्छिन्–‘कसैले विश्वास नगरेपनि सत्य कुरा सत्य नै हुन्छ । जबकी, झुटो कुरा सबैले विश्वास गरेपनि झुटो नै हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment