
१४ साउन, काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले तीन वटा संवैधनिक आयोगका वार्षिक प्रतिवेदन अध्ययन गर्न छुट्टाछुट्टै उपसमिति गठन गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन अध्ययन गर्न नेकपा सांसद रेखा शर्माको संयोजकत्वमा उपसमिति गठन भएको छ ।
५ सदस्यीय उपसमितिमा नेकपाका सांसद झपट रावल र नवराज सिलवाल तथा कांग्रेस सांसद देवेन्द्रराज कंडेल र अमरेशकुमार सिंह सदस्य छन् ।
निर्वाचन आयोग वार्षिक प्रतिवेदन अध्ययन गर्न नेकपा सांसद यशोदा सुवेदी गुरुङको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन भएको छ । जसमा कांग्रेस सांसद देवेन्द्रराज कंडेल, स्वतन्त्र सांसद छक्क बहादुर लामा, नेकपा सांसद तीर्था गौतम र नेमकिपाका सांसद प्रेम सुवाल सदस्य छन् ।
यसैगरी, लोकसेवा आयोग वार्षिक प्रतिवेदन अध्ययन गर्न गठित उपसमितिको नेतृत्व नेकपा सांसद विजय सुब्बाले पाएका छन् ।
उनी संयोजकत्वको उपसमितिमा कांग्रेस सांसद डिला संगा्रैला, जनता समाजवादी पार्टीका सांसद रामसहाय प्रसाद यादव र नेकपा सांसद लक्ष्मी चौधरी सदस्य छन् ।
तीन वटै उपसमितिलाई सम्बन्धित आयोगका वार्षिक प्रतिवेदन अध्ययन गरी सुझावसहितको प्रतिवेदन १५ दिनभित्र पेश गर्ने जिम्मेवारी दिइएको छ ।
प्रतिक्रिया 4