Comments Add Comment

कर्णालीमा घर फर्किएका ८ जनामा पुनः कोरोना पोजेटिभ

२१ साउन, सुर्खेत । कर्णालीका ८ जनामा पुनः कोरोना भाइरस (कोभिड–१९) संक्रमण पोजेटिभ देखिएको छ । आइसोलेसनमा बसेर निको भई घर फर्किएका जुम्ला र दैलेखका ४/४ जनालाई पुनः पोजेटिभ देखिएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बुधबार ८ जनामा पुनः पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

महाशाखा प्रमुख डा. तिवारीका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आइसोलेसनमा रहेका ६९ जना नै निको भएर फिर्ता भएपछि जुम्ला कोरोनामुक्त जिल्ला घोषित भएको थियो । तर, निको भएर पठाएकै व्यक्तिमा पुनः परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको हो ।

बाहिरबाट जुम्ला भित्रिएकामध्ये ४ हजार ९१२ जनाको पीसीआर परीक्षण गरिएको जस्मा ६९ जनामा संक्रमण देखिएको थियो । निको भएर आइसोलेसनबाट घर पठाएकामध्ये ४ जनामा पुनः पोजेटिभ देखिएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए ।

संक्रमितहरुलाई पुनः आइसोलेसनमा राखेर उपचार थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment