Comments Add Comment

ल्यापटप चोर्ने बँदेल लखेट्दै निर्वस्त्र मान्छे दौडिएपछि…

प्रकृति प्रेमी मानिहरुलाई प्रकृतिको धेरै नजिक जानु पनि कहिलेकाहीँ महँगो पर्दो रहेछ ।

बेलायतका एकजना प्रकृतिवादी व्यक्तिलाई हालै यस्तै भएको छ । प्रकृतिमा लीन हुने र निर्वस्त्र घुम्ने प्रकृतिवादी एकजना वृद्ध एउटा जंगली बँदेलको पछि-पछि दौडिएको तस्वीर हालै निकै भाइरल बनेको छ ।

जंगलमा विश्राम गरिरहेको बेला ती व्यक्तिले आफ्नो नजिकै राखेको झोला बँदेलले मुखमा च्यापेर भागेको देखिन्छ ।

ब्याक टू नेचर समेत भनिने उक्त निर्वस्त्र संस्कारलाई जर्मनीमा Freikorperkultur भनिन्छ र पछिल्लो समयमा त्यहाँ सार्वजनिक स्थान र पार्कहरुमा नांगिने क्रम बढेको बीबीसीले जनाएको छ ।

ती मध्येकै एकजना निर्वस्त्र पुरुषको ल्यापटप सहितको ब्याग बँदेलले चोरेपछि उनी त्यो ब्याग लिनका लागि बँदेलको पछि-पछि दौडिएका हुन् । बँदेल र ती वृद्धसँगै बँदेलका दुईवटा पाठाहरु पनि दौडिएका छन् ।

गत बुधबार बर्लिनमा उक्त घटना भएको हो । अभिनेत्री एडेल ल्याण्डेएरले फेसबुकमा उक्त फोटो शेयर गरेसँगै त्यो भाइरल बन्यो । बर्लिनस्थित चर्चित सनबाथिङ क्षेत्र टोएफेल्सीमा उक्त घटना भएको हो ।

अभिनेत्री एडेलका अनुसार ती व्यक्तिले केहीबेर लखेट्दै हल्ला गरेपछि बँदेलले उक्त ब्याग मुखबाट छाडेर भागेको थियो ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment