Comments Add Comment

कोरोना नेगेटिभको रिपोर्ट देखाए लेकाली किचेन हाउसमा १० प्रतिशत छुट

२६ साउन काठमाडौं । सिनामंगलस्थित लेकाली किचन एण्ड कटीया हाउसले आफ्नो सम्पुर्ण ‘फ्रन्टलाइन’का स्टाफहरुलाई  पीपीई सहितको सुरक्षा प्रदान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेको भन्दै गत साता राधानीका रेस्टुरेन्टहरुले जनस्वास्थ्यको मापदण्ड पालना नगरे बन्द गर्ने चेतावनी दिएको थियो।

सो निर्देशनपछि लेकाली किचेन हाउसले  सम्पुर्ण स्टाफहरुलाई पीपीइ, माक्स, पञ्जा अनिवार्य गरेको हो । साथै आउने ग्राहकहरुको लागि सेनिटाइजर पनि अनिवार्य ब्यबस्था गरेको छ ।

लकडाउन लम्बिँदै गएपछि सम्पूर्ण सुरक्षा अपनाएर खोल्नुको विकल्प नरहेको भन्दै सेवालाई निरन्तरता दिएको कटीया हाउसका संचालक मधुसूदन ढकालले जानकारी दिए ।


‘हामी आफ्ना ग्राहकहरुलाई सुरक्षित महसुस गराउन कुनैपनी कसर बाँकी राख्दैनौ’ ढकालले भने, ‘ हामीले कोरोनाको सुरुवाती चरणदेखि नै आफ्ना स्टाफलाई माक्स र पञ्जा, ग्राहकलाई सेनिटाइजर अनिवार्य गरेका थियौ।’

नेपाल सरकारले तोकेको सम्पुर्ण मापदण्ड पुरा गरेर रेस्टुरेन्ट चलाएको बताउँदै ढकालले भने, ‘ कटीया हाउसमा आउने ग्राहकले कोरोना नेगेटिभ आएको रिपोर्ट देखाएमा १०प्रतिशत छुट  पनि दिन्छौ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment