+
+
Shares

नयाँ स्कोडा र्‍यापिड टीएसआई नेपाली बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २६ गते १४:२२

२६ साउन काठमाडौं । स्कोडाको लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ र्‍यापिड टीएसआई नेपाली बजारमा ल्याएको छ।

नयाँ स्कोडा र्‍यापिडलाइ पहिला स्कोडा सुपर्ब र स्कोडा अक्टाभिया जस्तो प्रिमियम मोडेलमा प्रयोग गरिने टीएसआई इन्जिन दिइएको छ।

नयाँ पेट्रोल टीएसआईले ११० पीएस पावर र १७५ एनएम टर्क उत्पन्न गर्छ। अघिल्लो पुस्ताको र्‍यापिड १.६ एमपीआईको तुलनामा नयाँ टीएसआई इन्जिनले ५ प्रतिशत बढी पावर र १४ प्रतिशत बढी टर्क उत्पन्न गर्छ। यसले १८.९७ किलोमिटर प्रति लिटर माइलेज दिने कम्पनीको दावी छ। यो ‘फ्युलइफिसेन्सी’ पनि अघिल्लो र्यापिडको तुलनामा २३ प्रतिशत बढी हो।

यसमा ४६० लिटर बराबरको ‘बेस्ट–इन–क्लास’ बुट स्पेस र ५५ लिटरको फ्युल ट्यांक रहेको छ। साथै, नयाँ र्‍यापिडका सबै भेरियन्टमा ‘रियर एसी भेन्ट’, ‘अटोमेटिक क्लाइमाट्रोनिक एसी’, ‘टिल्ट एन्ड टेलिस्कोपिक स्टेरिङ’ उपलब्ध छ।

त्यस्तै यसमा ‘पार्क ट्रोनिक रियर पार्किङ सेन्सर’, ‘एन्टी–ग्लेर इन्टेरियर रियर भ्यु मिरर’, ‘रफ रोड प्याकेज’, ‘फ्युल सप्लाई कट–अफ’ र ‘फ्लाटिङ कोड सिस्टम’सहितको ‘इन्जिन इमोबिलाइजर’ जस्ता सुरक्षाफिचर राखिएका छन्।

एमएडब्लुले नयाँ स्कोडा र्‍यापिड टीएसआई १.० मा चार वर्षे सर्भिस प्याकेजको व्यवस्था गरेको छ। यसका साथै कम्पनीले चार वर्ष वा एक लाख किलोमिटर वारेन्टीको व्यवस्था समेत गरेको छ।

कम्पनीले यसको मूल्य राइडरको ३४लाख ९० हजार, राइडर प्लसको ३६ लाख ९० हजार, एम्बिसनको ४३ लाख ९० हजार, ओनिक्सको ४४ लाख ९० हजार, स्टाइलको ५० लाख ९० हजार र मोन्टे कार्लोको ५१ लाख ९० हजार निर्धारण गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?