+
+
Shares

प्रधानमन्त्री कार्कीको शपथ समारोहमा पुगिन् सुमना श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २८ गते ०:३४

२७ भदौ, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बनेकी सुशीला कार्कीको शपथ समारोहमा पूर्वप्रधानमन्त्रीमध्ये डा.बाबुराम भट्टराई मात्रै सहभागी भएका छन् ।

सेनाकै नियन्त्रणमा रहेकाले शपथ समारोहमा अरु पूर्वप्रधानमन्त्रीहरू देखिएनन् । जेनजी आन्दोलनका कारण सिर्जित परिस्थितिका कारण निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै कार्कीको शपथ समारोहमा सहभागी थिएनन् ।

जबकि शीतलनिवासमा हुने शपथ समारोहमा निर्वतमान प्रधानमन्त्रीले आफू बसेको कुर्सीमा नवनियुक्त प्रधानमन्त्रीलाई राख्ने परम्परा रहिआएको थियो ।

जेनजीहरूको प्रस्ताव बमोजिम कार्की प्रधानमन्त्री बनेकाले अरु दलका नेताहरू समेत शपथ समारोहमा देखिएनन् । तर रास्वपाका नेता एवं पूर्वमन्त्री सुमना श्रेष्ठ भने जेनजी प्रतिनिधिहरूसँग शितल निवास पुगेकी थिइन् ।

उनले जेनजीहरूसँगै प्रधानमन्त्री कार्कीलाई बधाई दिइन् । उनले अँगालो हालेरै प्रधानमन्त्रीलाई बधाई पनि दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?