२८ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेर बाहिरिएकी सुमना श्रेष्ठ हिजोआज वैकल्पिक युवा समूह, नयाँ पार्टीहरू बीच तालमेल तथा एकताका लागि लागिरहेकी छन् । उनको प्रयासले सार्थकता पाइसकेको छैन, बरु उनकै सहभागितालाई लिएर समेत अनेक प्रश्न, आशंका र अड्कलबाजी चलिरहेका छन् ।
रास्वपा सांसदका रूपमा सुमनाले संसद्मा खेलेको भूमिका प्रशंसित थियो । छोटो समय शिक्षामन्त्री बन्दा उनले सुधार र परिवर्तनका लागि सम्भावना देखाइन् । पार्टी सहमहामन्त्री रहे पनि रास्वपाको आन्तरिक जीवनमा भने उनले खासै छाप छाड्न सकिनन् । पार्टी छाड्ने बेला नेतृत्वप्रति प्रशस्त असहमति र प्रश्न उठाए पनि आफैं नेतृत्वमा रहेका बेला त्यसलाई सुधार्न कोसिस नगरेको अपजस सुमनाप्रति छ ।

यति बेला सुमना श्रेष्ठ कुन बाटो लाग्ने भन्ने अलमल र द्विविधामा देखिन्छिन् । यद्यपि, यो आफ्नो द्विविधा नभई नयाँ शक्तिहरूबीच न्यूनतम समझदारी र साझेदारीका लागि प्रयासकै रूप भएको उनको दाबी छ ।
अनलाइनखबरका बसन्त बस्नेतले यो संवादमा सुमना श्रेष्ठसँग उनको पछिल्लो राजनीतिक यात्रा, अन्तरजिल्ला मतदान, चुनावी रणनीति तथा नयाँ शक्ति निर्माणका सम्भावनाबारे कुराकानी गरेका छन् ।
तस्वीर/भिडियो : कमल प्रसाईं
प्रतिक्रिया 4