News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक अध्यक्ष डोलप्रसाद अर्यालले नेतृ सुमना श्रेष्ठलाई पार्टीमा फिर्ता बोलाउन कार्यदल नबनाएको स्पष्ट पारेका छन्।
- अर्यालले श्रेष्ठले दिएको राजीनामा आफूले स्वीकृत गरेको र पार्टी केन्द्रीय समिति बैठकले अनुमोदन गरेको उल्लेख गरे।
- उहाँलाई पार्टीमा स्वागत गर्न ढोका खुला रहेको र पार्टी भित्र कुनै फरक मत नरहेको अर्यालले दोहोर्याए।
८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक अध्यक्ष डोलप्रसाद अर्यालले नेतृ सुमना श्रेष्ठलाई पार्टीमा फिर्ता बोलाउनका लागि कार्यदल नबनाएको स्पष्ट पारेका छन् ।
बुधबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय घण्टाघरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो स्पष्टीकरण दिएका हुन् ।
कार्यबाहक सभापति अर्यालले श्रेष्ठले दिएको राजीनामा आफूले स्वीकृत गरेको र पार्टी केन्द्रीय समिति बैठकले अनुमोदन गरेको उल्लेख गरे ।
‘उहाँले लिखितम राजीनामा प्राप्त भएको छैन । तर उहाँले हाम्रो आधिकारिक ग्ूप हुन्छ पार्टी केन्द्रिय समितिको । त्यो ग्रुपमा उहाँले स्पष्ट रुपमा पार्टी छोडेको धारणा राखिसक्न भएको हुनाले कार्यवाहक सभापतिले हैसियतले मैले उहाँको राजीनामा त्यसैलाई आधार मानेर स्वीकृत गरेको छु,’ अर्यालले भने, ‘त्यसलाई केन्द्रीय समिति बैठकले अनुमोदन पनि गरिसकेको छ । उहाँलाई पार्टीमा स्वागत गर्न हाम्रो ढोका खुला छ । कार्यदल बनाएको छैन ।’
कार्यबाहक सभापति अर्यालले पार्टी भित्र कुनै फरक मत नरहेको पनि दोहोर्याए ।
प्रतिक्रिया 4