+
+
Shares

पाल्पामा भरुवा बन्दुकसहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २८ गते २२:१०

२९ मंसिर, पाल्पा । पाल्पामा अवैध भरुवा बन्दुकसहित एक जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तानसेन नगरपालिका–९, डाँडाडुमका ६९ वर्षीय हुमबहादुर सोमैलाई अवैध भरुवा बन्दुकसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट माडीफाँटबाट खटिएको प्रहरी टोलीले सोमैलाई नियन्त्रणमा लिएको हो ।

सोमैले आफ्नै जग्गामा अवैध भरुवा बन्दुक घाममा सुकाइराखेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमबहादुर चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?