२६ मंसिर, काठमाडौं । चोरीका सरसामानसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका–८ कि गौरी भनिने ४१ वर्षीया गजेन्द्रा लहार छिन् । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले बानेश्वरबाट चोरीका सामानसहित पक्राउ गरेको हो ।
उनले २२ मंसिरमा काठमाडौं महानगरपालिका–१० देवीनगरस्थित एक घरबाट नगद र सुनका गरगहना चोरी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्राईले बताए ।
पक्राउ परेकी उनीविरुद्ध ५ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ । उनीबाट सुनको रानिहार, बाला, छड्केलगायतका सामानहरु बरामद भएका छन् ।
प्रतिक्रिया 4